मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 24 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिजको दिन पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:२७:oo

पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजका अवसरमा पशुपति दर्शनका लागि चारैवटा ढोकाबाट व्यवस्था गरिनेलगायतका प्रबन्ध गरेको छ ।

कोषको आयोजनामा मनाइने तिज र उक्त दिनमा भक्तालुहरूले मन्दिरका दर्शन सम्बन्धमा काेषले पत्रकार सम्मेलन गरेर जानकारी  गराएको हाे ।

जसमा गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । त्यस्तै, मित्र पार्क-जयबागेश्वरी-पाचागणेश-भीमसेनस्थान-भुवनेश्वरी-शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

त्यसैगरी, पिंगलास्थान-चारशिवालय पञ्चदेवल-बज्रघर-दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । यस्तै, तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाटनजिकको पुल तरेर श्री पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने सक्ने कोषले जानकारी दिएको छ ।

त्यस्तै, दर्शनका लागि बिहान ३ बजेदेखि जान सकिन्छ । त्यस्तै, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाको समेत सहयोग रहने कोषले जनाएको छ । त्यस्तै, सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटाइने कोषको भनाइ छ ।