मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज नाकाबाट ६८ अर्ब १७ करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । 

जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोडले बढी भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव ०८१-८२ को साउनमा ६० अर्ब ६ करोडबराबरको वस्तु तथा सामान आयात भएको थियो । 

चालू आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालू आवको साउनमा आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु. तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ । जबकि आव ०८१-८२ को साउनमा रु. १५ अर्ब ९२ करोडको राजस्व संकलन भएको थियो।