मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format २३:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सहकारी ठगीमा संलग्न लेखा समितिका सभापतिपत्नीसँग एक करोड रुपैयाँ धरौटी माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format २३:१७:oo

सहकारी ठगीको अभियोग लागेकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग उच्च अदालत विराटनगरले एक करोड रुपैयाँ धरौटी माग्ने आदेश  गरेको छ । उमागौरी सहकारी ठगीमा संलग्न रहेको अभियोगमा यसअघि जिल्ला अदालत मोरङले उनलाई १० लाख धरौटीमा रिहा गरेको थियो । 

जिल्लाको आदेशविरुद्ध सरकारी वकिल र अञ्जला उच्च अदालत गएका थिए । उच्चमा यसअघि राय बाझिएपछि बिहीबार बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासले उनीसहित चार जनासँग १÷१ करोड धरौट माग्ने आदेश दिएको हो। उनीसहित रोशन राजबंशी, ज्याती बास्कोटा  सन्तलाल खवाससँग करोड धरौटी माग भएको हो।

यसअघि जिल्ला अदालत मोरङले २४ पुस २०८१ मा अञ्जलासँग १० लाख धरौटी माग गरेको थियो। सहकारी ठगीमा प्रहरीले फरार प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा चलाएको थियो । अदालतमा उपस्थित भएकै दिन उनलाई धरौटीमा छाडिएको थियो। अञ्जला सो सहकारीकी पूर्वसञ्चालक हुन्। 

लेखा समितिका सभापति पोखरेलका निकटस्थ व्यक्तिहरु सो सहकारीमा सञ्चालक थिए। सोही आधारमा उनले श्रीमतीलाई पनि सञ्चालक बनाएको र सहकारीको सबै विषयमा अप्रत्यक्ष रुपमा उनी समेत संलग्न रहेको आएको बचतकर्ताले बताएका छन् ।