मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ ५ बिहीबार १५:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठुला दलहरूले नै संविधान संशोधनको कुरा गर्छन्, छलफल गर्दैनन् : पूर्वराष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १५:४५:oo

पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याएकी छिन् ।

उनले मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद् नै निरीह थलो बनेर बसिरहेको बताइन् ।

उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन । पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर, संविधानमा के अभाव रह्यो, के आवश्यकता छ । के गर्‍यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन ।कुनै व्यक्तिलाई आरोप लाग्ने बित्तिकै निलम्बित भइहाल्छ, बोल्न पाउँदैनन् । आरोप पुष्टि भएको छैन । यही हो न्याय ?’ 

उनले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कत्तिको लोकतान्त्रिक हो भन्दै प्रश्न उठाइन् ।