मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
Invalid date format १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा पत्रकारमाथि आक्रमण गर्ने दुईजना अझै फरार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२३:oo

सप्तरीका पत्रकार सौरभ यादवमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। राजविराज– १ का राजु यादव पक्राउ परेका छन्। सप्तरी जिल्ला अदालतले घटनाको अनुसन्धान गर्न यादवलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर प्रमोदकुमार साहका अनुसार अदालतबाट बुधबार म्याद लिइएको हो। यसअघि आइतबार पनि पाँच दिन म्याद लिइएको थियो। 

घटनामा संलग्न भएको आरोप लागेका छिन्नमस्ता गाउँपालिका– १ का कृष्णनाथ यादव (क्याप्टेन) र विष्णुपुर गाउँपालिका– ७ का राजबाबु झा भने अझै फरार छन्। प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन। सौरभ यादवमाथि शुक्रबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेटअगाडि तीनजनाको समूहले आक्रमण गरेको थियो। आक्रमणकारीले चाकु, बेल्ट र हेलमेट प्रयोग गरेका थिए। 

आक्रमणमा यादव घाइते भएका थिए र उनको हात तथा टाउकोमा चोट लागेको थियो।