मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ५ बिहीबार १२:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरी इतिहासमा पहिलोपटक महिला प्रहरी सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १२:४३:oo

महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गरेको छ । दुईदिने सम्मेलनको बिहीबार प्रहरी प्रधान कार्यालयमा उद्घाटन भएको छ । गृहमन्त्री रमेश लेखकले सम्मेलनको उद्घाटन गरेका हुन्। 

सम्मेलनमा महिला प्रहरी प्रहरी चैत्यमाया डंगोलगायतलाई सम्मान गरिएको छ । देशभरका महिला प्रहरीलाई सम्मेलनमा सहभागी गरिएको छ । लैंगिक समानता र लैंगिक न्यायलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभरिबाट करिब दुई सय महिला प्रहरी भेला भएका छन्।

सम्मेलनअन्तर्गत अनुभव आदान–प्रदानदेखि प्यानल छलफलसम्मको तयारी छ। नेपाल प्रहरी लैंगिक नीति, २०८१ कार्यान्वयनको क्रममा यो कार्यक्रम आयोजना गरिएको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।