
भक्तपुरमा आज पञ्चदान पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् गुँलागा त्रयोदशीमा बौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण एवं ठुलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दीपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध विहारमा परिक्रमा गराई मनाउने परम्परा रहको छ ।