
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिएका छन् ।
हालसालै पुनः लिपुलेकको विषय उठेको सन्दर्भमा शर्माले आफ्नो धारणा राख्दै यस्तो सुझाव दिएका हुन् । उनले यस विषयमा सरकारले गर्नुपर्ने ६ पहल सुझाएका छन् ।
यी हुन् शर्माले सुझाएका ६ कदम
१) सर्वदलीय–सर्वपक्षीय बैठक सरकारको आह्वानमा ।
२) बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण ।
३) हाम्रो संसद्ले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको ‘चुच्चे नक्सा’प्रति देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता ।
४) भारत र चीनबिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमतिउपर नेपालले पठाएको कूटनीतिक नोटसमेत स्मरण गराउँदै पछिल्लो सहमतिउपर पुन कूटनीतिक नोट ।
५) ऐतिहासिक तथ्यहरूका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश ।
६) नेपाल–भारत सीमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समूह (इिजी)को सात वर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरूसमेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव ।