मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाका नेता भन्छन्- सभापतिमाथि सरकारले राजनीतिक प्रतिशोध साधेको हो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साधेको बताएका छन्। बिहीबार महेन्द्रनगरमा रास्वपा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रास्वपा नेतात्रय दीपक बोहरा, रमेश  प्रसाईं र प्रमोद न्याैपानेले यस्तो बताए। रास्वपा सचिवालय सदस्य एवं  हस्ताक्षर अभियान संयोजक दीपक बोहराले सहकारीमा प्रत्यक्ष नजोडिएका व्यक्ति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साधेर मुद्दा चलाएको बताए । 

उतिवेला गोर्खा मिडियामा कार्यरत हुँदा सहकारीबाट गोर्खा मिडियाका अध्यक्ष जिबी राईले ल्याएको रकम मिडियाकै काममा खर्च गरेको विषयलाई सरकारले प्रतिशोध साधेर झुटा मुद्दा चलाएको बताए । ‘एमाले नेता सुर्य थापा नेतृत्वको छानबिन समितिकै प्रतिवेदनमा समेत रास्वपा सभापति लामिछानेले प्रत्यक्ष ऋण नलिएको स्पष्टै हुँदा पनि सरकारले पुनः पूरक मुद्दा लगायो,’ उनले भने, ‘उतिवेला कांग्रेसले पार्टी सभापतिलाई प्रधानमन्त्रीको अफर गर्न नमानेपछि मुद्दा चलायो ।’ 

रास्वपा युवा नेता प्रमोद न्यौपानेले सरकारले राजनीतिक बदनियत देखाएर कानुनको आडमा पार्टी सभापति लामिछानेविरुद्ध मुद्दा चलाएको बताए । ‘राज्यले विभेद मात्रै होइन, अन्याय  गरेको छ,’ उनले भने, ‘अड्डासारमा पनि राजनीति गर्‍यो, भैरहवामा हुँदा उपचुनाव पार्टीको पक्षमा आउने भएपछि मात्रै काठमाडौं अड्डासार गरियो ।’ संवैधानिक परिषदमा बहुमत पुर्‍याउनका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजे पनि सत्ताधारी दलबाटै सहयोग नपाएपछि सो कार्य असफल भएको बताए । 

रास्वपा सहप्रवक्ता रमेश प्रसाईंले अहिलेको सरकारले शक्तिको आडमा कानुन उल्लंघन गरिरहेको बताए। प्रसाईंले भिजिट भिसा प्रकरणदेखि सुशासन दिन नसकेको बताए।