मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानाध्यापक कुनै पनि संघ-संगठनमा सहभागी हुन नपाउने भनेर ऐनमै लेखौँ : रेखा शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o६:oo

नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सामुदायिक विद्यालयका प्रधानाध्यापक कुनै पनि संघ-संगठनमा सहभागी हुन नपाउने भनेर ऐनमै लेख्नुपर्ने बताएकी छिन्। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले प्रधानाध्यापकबारे प्रस्ट व्यवस्था गरेर अघि बढ्नुपर्ने बताएकी हुन्। 

‘प्रधानाध्यापक कुनै पनि संघ-संगठनमा सहभागी हुन नपाउने भनेर ऐनमै लेखौँ, विधेयकमा  कैयौँ कुरा छुटेका छन्। विधेयकबाट अस्थायी र करार शिक्षकको विषय हटाउनुपर्छ । स्वयंसेवक शिक्षक हटाउनुपर्छ । बरु इन्टर्नको व्यवस्था गरी शिक्षक पठाउनुपर्छ । अर्को कुरा प्रधानाध्यापकको छनोट प्रदेश तहबाट हुनुपर्ने व्यवस्था गर्‍याैँ, तर सेवासुविधाको कुरा पनि समेट्नुपर्छ,’ उनले भनिन्, ‘प्रधानाध्यापकलाई ड्युटीफुल बनाउने कुरा विधेयकमा लेख्ने, तर सेवासुविधा नदिने कुरा राम्रो हुँदैन ।’ दुर्गममा पढाउन जानेको हकमा प्रोत्साहन गर्नुपर्ने उनले बताइन्।