
सन् १९९१ : सोभियत संघको सत्तारुढ कम्युनिस्ट पार्टीभित्रका कट्टरपन्थीले राष्ट्रपति मिखाइल गोर्बाचेभलाई नजरबन्दमा राखेर सुरु गरेको ‘कु’ तीन दिनमै असफल बन्यो ।
सन् १२६४ : कुब्लाई खानको सत्तामाथि दावी गर्दै विद्रोहमा उत्रिएका खानका भाइ एरिक बोकले आत्मसमर्पण गरेसँगै ‘टोलुइड गृहयुद्ध’चार वर्षपछि समाप्त भयो ।
सन् १५४१ : सुलेमान प्रथमको नेतृत्वमा अटोमन टर्क फौजले हंगेरीको राजधानी बुढापेस्ट कब्जा गर्यो । डेढ सय वर्ष लामो शासनको जग हाल्यो ।
सन् १८१० : राजा चार्ल्स तेह्रौँ नि:सन्तान रहेको र रुसबाट निरन्तरको खतराबिच स्विडेनको संसद्ले नेपोलियनका मार्सल जँ–बाप्टिस्ट बनाडोटलाई युवराज चुन्यो । बनाडोट आठ वर्षपछि राजा चुनिए ।
सन् १९५७ : सोभियत संघले विश्वको पहिलो अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइल ‘आर–७ सेमिओर्का’ सफलतापूर्वक परीक्षण गर्यो ।
सन् १९५९ : हवाई अमेरिकाको ५०औँ राज्य बन्यो ।
सन् १९६८ : सोभियत संघ नेतृत्वको वार्सा प्याक्ट समूहको फौजले चेकोस्लोभाकियालाई कब्जामा लिए । सुधारवादी नेता एलेक्ज्यान्डर डब्केकलाई पक्राउ गरेर ‘मस्को प्रोटोकल’मा हस्ताक्षर गर्न बाध्य बनाइयो ।
सन् १९९१ : सोभियत संघको एक सदस्य लात्भियाले संघबाट अलग भएको घोषणा गर्यो ।
सन् १९९४ : रुवान्डाको अत्यन्त विवादित मिसन सकाएर अन्तिम फ्रेन्च फौज बाहिरियो ।
सन् २०१७ : बहुराष्ट्रिय औषधी निर्माता कम्पनी ‘जोनसन एन्ड जोनसन’लाई उसको एक उत्पादन प्रयोग गरेर डिम्बाशय क्यान्सर भएकी एक महिलालाई ४१.७ करोड डलर जरिवाना तिर्नुपर्ने आदेश दिइयो ।
सन् २०१८ : भारतको चन्द्रयान प्रथमले सन् २००८–०९ को अभियानकै क्रमा चन्द्रमा पत्ता लगाएको जमेको पानीबारे वैज्ञानिकले सार्वजनिक खुलासा गरे ।
सन् २०२४ : अफगानिस्तानमा तालिबानले नयाँ महिलालाई सार्वजनिक स्थानमा बोल्न र पुरुषविना यात्रा गर्न प्रतिबन्ध लगायो ।