मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३५:oo
Read Time : > 1 मिनेट
समाचार

सौर्य जहाज दुर्घटनाको न्यायिक जाँच गर्न पीडित परिवारको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३५:oo

सौर्य जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै पीडित परिवारले सोमबार गृहमन्त्रीलाई भेटेर मागपत्र प्रस्तुत गरेको छ । सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले गृहमन्त्री रमेश लेखकलाई भेटी रतिशचन्द्र लाल नेतृत्वको सरकारी आयोगले अपुरो प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको भन्दै न्यायिक जाँच आयोग गठन गर्न माग गरेका हुन् । 

मागपत्रमा सौर्य जहाज दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएकोले न्यायिक जाँच आयोग गठन गर्न माग गरेको उनले बताए । ‘यति ठूलो मानवीय लापरबाही र गम्भीर त्रुटिले दुर्घटना भएको पुष्टि हुँदा पनि कुन कानुनअनुसार कारबाही हुने भन्ने अन्योल छ । न्याय निरुपण कसरी गर्ने भन्ने विषयलाई सम्बोधन गर्न पनि न्यायिक जाँच आवश्यक छ,’ उनले भने । 

लाल आयोगको सरकारी प्रतिवेदनले दुर्घटनाको कारण मानवीय त्रुटि हो भन्ने किटानीका साथ निष्कर्ष प्रस्तुत गरेको तर प्रतिवेदनलाई अदालती प्रमाणको रुपमा प्रस्तुत गर्न नपाइने उल्लेख गरेकोले पीडितको न्याय एवं तथ्य, प्रमाण र घटनाको वास्तविकतालाई सुनिश्चित गर्न न्यायिक जाँच आवश्यक रहेको उनले बताए । 

लाल नेतृत्वको सरकारी जाँच आयोग कानुनले तोकिएको योग्यता नपुगेका व्यक्तिहरूलाई राखेर गठन गरिएको र अयोगले मुख्य दोषीलाई उन्मुक्ति दिने आसयको नियोजित प्रतिवेदन तयार गरेको दाबी पीडित पक्षको छ । पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन मौन रहेकोले  न्याय र क्षतिपूर्ति सुनिश्चित गर्न न्यायिक जाँच गर्नुपर्ने खतिवडाको माग छ ।

मागपत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आवश्यक पहल गर्ने आश्वासन दिएको खतिवडाले बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९ साउन ०८१ मा सौर्य जहाज दुर्घटना भएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्यन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । दुर्घटनामा खतिवडाका तीन सन्ततीसहित १८ जनाको ज्यान गएको थियो ।