
भारतले नेपाली सेनालाई सहयोगस्वरूप ६ वटा लाइट भेहिकल, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, पाँचवटा ब्रिडिङ घोडा तथा दुईवटा सैनिक कुकुर उपहार दिएको छ ।
सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमबिच भारतका विदेशसचिव विक्रम मिश्रीले प्रधान सेनापति अशोकराज सिग्देललाई ती सामग्री हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सेनाका बलाधिकृत, रथीवृन्द तथा भारतीय राजदूतावासका प्रतिनिधि र सैनिक सहचारीको सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले यसप्रकारका सहयोगले दुई देशबिचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुने तथा नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह हुने सेनाको विश्वास रहेको जनाएको छ।