मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
उपाध्यक्ष प्रकाशचन्द्र परियार
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समान विचारका दलसँग सहकार्य गर्न विवेकशील साझाले गठन गर्‍यो राजनीतिक संवाद समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

विवेकशील साझा पार्टीले समान विचार भएका व्यक्ति, समूह, अभियान, संस्था र दलहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ।

पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य छन्।

हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेका वेला समान विचार भएका दल, समूह र अभियानकर्मीहरूको बृहत् ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्मको आवश्यकतालाई केन्द्रमा राखी ‘मिसन ८४’लाई सफल बनाउन राजनीतिक संवाद समिति गठन गरेको हो।

समितिले राजनीतिक छलफल, भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सक्रिय अभ्यासमा ल्याउन पहलकदमी गर्दै ‘अल्टरनेटिभ्स अलाइन्स’मा काम गर्ने बताइएको छ।