मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १६:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सात वर्षमा कञ्चनपुरबाट लागुऔषधसहित १५ सय व्यक्ति पक्राउ

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

भारतसँग सीमा जोडिएको कञ्चनपुर पछिल्ला वर्षहरूमा लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ। कञ्चनपुरमा भारतसहित सुदूरपश्चिम प्रदेशका उत्तरी पहाडी भेगसहित अन्य जिल्लाहरूबाट लागुऔषध भित्रिने गरेको छ।

जिल्ला कारागारको तथ्यांकअनुसार पनि कुल कैदबन्दीमध्ये सबैभन्दा बढी लागुऔषधकै मुद्दामा जेल सजाय काटिरहेका छन्। १८२ जना लागुऔषध मुद्दमा कैद भुक्तान  गरिरहेका छन्। पछिल्लो समय लागुऔषधविरुद्ध कञ्चनपुर प्रहरीले निर्मम अप्रेसन चलाइरहेको छ। सात वर्षअघि कञ्चनपुर प्रहरी कमान सम्हालेका तत्कालीन एसपी दिल्लीराज विष्टले लागुऔषध सुरु गरेको अप्रेसनलाई हाल एसपी खडकबहादुर खत्रीसम्मले निरन्तरता दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार सात वर्षकोे अवधिमा झन्डै एक हजार पाँच सय व्यक्ति पक्राउ परेका छन्। आर्थिक वर्ष ०७५/०७६ मा ७२ जना, ०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा २३० जना र ०७८/७९ मा २३४ जना पक्राउ परेका थिए। यसैगरी, आव ०७९/८० मा २९३ जना, ०८०/८१ मा २८७ जना, ०८१/८२ मा २६६ जना र चालू आर्थिक वर्षको साउन महिनामा मात्रै ३१ जनालाई पक्राउ गरेर कारबाही गरिएको छ। उनीहरूको साथबाट विभिन्न प्रकृतिको लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

कञ्चनपुर प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा क्रमशः खैरो हेरोइन एक हजार ६७१.७७ ग्राम, चरेश ११५.२१९ किलो, गाँजा ७८.६३ किलो बरामद  गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले लागुऔषधविरुद्ध मुद्दा दायर र सचेतना कार्यक्रम सँगसँगै सञ्चालन गरिरहेको बताए। एसपी खत्रीका अनुसार विद्यार्थीदेखि समुदायमा लागुऔषध निर्मूल गर्न सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। प्रहरीको एकल प्रयासबाट लागुऔषध पूर्ण निर्मूल नहुने बताउँदै उनले यसका लागि सिंगाे  समाज नै जागरुक हुनुपर्ने बताए।

ध्रूमपान निषेधका अभियन्ता मदनबहादुर चन्द लागुऔषध निर्मूल पार्नका लागि अभिभावकदेखि सरकारले सचेतनामूलक कार्यक्रमदेखि कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने बताउँछन्। ‘लागुऔषध नियन्त्रणका लागि पाठ्यक्रम नै बनाएर बालबालिकालाई सानै उमेरदेखि सचेत गराउनुपर्छ,’ उनले भने।