
सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले केही करार र दैनिक ज्यादारीका कर्मचारीलाई हटाएपछि नेपाल इन्जिनियरिङ एसाेसिएसन वीरगन्ज केन्द्रले कार्यालय प्रमुखलाई भेटेर ध्यानाकर्षण भएको जनाएका छन् ।
कार्यालयमा कार्यरत पाँचजना इन्जिनियरलाई साउन १ देखि म्याद थप नभएर कार्यालयमा हाजिर हुन रोक लगाइएपछि इन्जिनियरहरूको टोली कार्यालय प्रमुखलाई भेटेर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विगत चार र पाँच वर्षदेखि नियमित रूपमा कार्यालय काम गर्दै आएका इन्जिनियर प्रफुल सिंह, आशुतोष सिंह, अरुण यादव, रामप्रवेश साह, अरुण यादवलाई साउन १ बाट कामकाज गर्न बाट रोक लगाइएको छ ।
कर्मचारीहूका अनुसार कार्यालय प्रमुखले हटाइएका कर्मचारीहरूबाहेक चार–पाँचजनालाई अहिलेसम्म पनि राखिएको र इन्जिनियरलाई मात्र नियतवश हटाइएको अवस्था छ ।
इन्जिनियरहरूको टोलीले कार्यालय प्रमुखलाई भेट्दै अहिलेसम्म कार्यरत रहेका कर्मचारीको विवरण पनि माग राखेका थिए । उनीहरूले राखेको मागमा कार्यालय प्रमुखले सहमत नभएको भन्दै विवरण उपलब्ध गराउनबाट इन्कार भएका थिए ।
कामबाट हटाइएका इन्जिनियरलाई नराखे अबको एक–दुई दिनमा कार्यालय प्रमुखलाई ज्ञापनपत्र पनि बुझाउने इन्जिनियर आसिफ अहमदले बताए ।
सघन सहरी तथा भवन कार्यालयका प्रमुख सञ्जीवकुमार साहले आवश्यकताअनुसार कर्मचारी राख्ने र हटाउने काम नियमअनुसार हुँदै आएको जानकारी दिए ।
उनका अनुसार अहिले आर्थिक वर्ष सकिएर कार्यालयमा काम पनि नभएकाले दैनिक ज्यालादारी र करारका कार्यरत रहेका केही इन्जिनियरहरूलाई हटाइएको अवस्था छ । आगामी दिनमा कार्यालमा हुने कामको चाप बढेपछि राख्ने कि नराख्ने विषयमा कुरा हुने उनले बताए ।
यस्तै, कार्यालयले साउन १ बाट कामबाट हटाइएका कर्मचारीबाट सामग्री बुझ्नलाई जिन्सी शाखालाई सूचना जारी गरेर जानकारी गराएको छ ।