मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महासचिव पोखरेल भन्छन्– कांग्रेस नेता शेखरले सरकारकोे विरोध  गर्नुको औचित्य छैन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस नेता शेखर कोइरालाले सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् । 

सोमबार महेन्द्रनगरमा प्रेस चौतारी कञ्चनपुरले आयोजना  गरेकोे पत्रकार सम्मेलनमा एमाले महासचिव पोखरेलले सत्तामै रहेको दलका नेता कोइरालाले सरकारको विरोधकोे कुनै औचित्य नभएको बताए । ‘सत्तामा बस्ने विपक्षी दलकोे जस्तो भूमिका  निर्वाह गर्ने, अनि सत्तामा हिस्सा खोज्ने शेखरजस्ता नेताले सुहाउँदैन, ‘उनले भने, ‘एमाले नेतृत्वकोे सरकारमा बस्ने, अनि जस र हिस्सा भागेदार बन्नुपर्छ ।’

कंग्रेस नेता कोइरालाले केही दिनअघि जहाँ खाली सरकारी जमिन देख्यो, त्यही एमालेको आँखा गाडेर कब्जा गर्न थाल्यो भन्ने अभिव्यक्तिमा  समेत टिप्पणी गर्दै पोखरेलले सत्ताधारी दलका नेताबाट यस्तो अभिव्यक्ति आउनु नकारात्मक भएको दाबी गरेका छन् ।

आफैँ सत्तामा बसेरको विरोध गर्नुको कुनै तुक नभएकाले त्यसको पछि नपर्नसमेत नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। पोखरेलले एमाले, कांग्रेसबिच आउने चुनावसम्मै सत्तासाझेदारी कायम हुने भएकाले वर्तमान सरकार नढल्ने दाबी गरे । विपक्षीहरूले सरकार ढल्यो भनेर अफवाह  फैलाउँदैमा सरकार नढल्नेसमेत दाबी गरेका छन् । जनतालाई  जमिनको मालिक बनाउने सरकारको अभियानमा सत्ताधारी कांग्रेसका शेखरजस्ता नेता, विपक्षी दल माओवादीसहितले साथ समर्थन नदिएको उनको गुनासो छ । 

नेता  पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे पार्टीमा पुनरावृत्ति लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको काम भएको दाबी गरेका छन् । सरकारले राम्रो काम गर्दा विपक्षीहरूले विरोधका लागि विरोध गरिरहेको बताएका छन् । पूर्वसञ्चारमन्त्रीसमेत रहेका पोखरेलले सञ्चार क्षेत्र थप सुरक्षित बलियो बनाउन मिडिया काउन्सिल विधेयक आइरहेको दाबी गरेका छन् । उनले अहिले आयात र निर्यात बढिरहेका वेला देशको आर्थिक अवस्था बलियो भएकोसमेत जिकिर गरेका छन् ।