मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार १२:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा सात सयले घट्यो नेपाली बजारमा सुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १२:१४:oo

 नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

आज तोलामा सात सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला एक लाख ९६ हजार दुई सय रुपैयाँका कायम भएको  थियो ।

यस्तै, चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला दुई हजार ३१५ रुपैयाँ रहेको चाँदी आज दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।