मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२७:oo
Read Time : < 1 मिनेट
समाचार

मानव अधिकार आयोगको निर्देशनपछि रवि लामिछानेलाई नक्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२७:oo

भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ललितपुरको नक्खु कारागारमा  स्थानान्तरणको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनपछि उनको स्थानान्तरण हुन लागेको हो । 

कारागार व्यवस्थापन विभागले उनको नक्खु कारागारमा स्थानान्तरणका लागि रुपन्देही कारागारलाई शुक्रबार पत्र लेखेको छ । ‘उहाँको मागअनुसार नै  नक्खु कारागारमा सरुवा गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार गरेका छौँ,’  विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने, ‘जिल्ला कारागारले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण गर्छ ।’ 

लामिछानेले तीन महिनाअघि नै जेल स्थानान्तरणका लागि निवेदन दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा रोकिएको थियो । मानव अधिकार आयोगले गत साता उनी बसेको कारागारको निरीक्षण गरी स्थानान्तरण रोक्नुको कारणबारे जवाफ मागेको थियो । त्यसपछि विभागले उनको स्थानान्तरण प्रक्रिया अघि बढाएको हो ।