
घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरले टप एन्ड टी-२० शृंखलामा नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस हारेर ब्याटिङ गरेको नर्दन टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।
नर्दन टेरिटोरीका लागि डार्सी सर्टले ३४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी थोम एन्ड्रयुले अविजित ३३, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । शाहब आलमले दुई तथा दीपेन्द्रसिंह ऐरी, रूपेश सिंह र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए ।