मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी सनराइजको ऋणपत्र निष्कासकमा माछापुच्छ्रे क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

लक्ष्मी सनराइज बैंकले ‘सात प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर–२०९२’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्रको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकका साथै डिबेन्चर ट्रस्टी सेवा प्रदान गर्न माछापुच्छ्रे क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र लक्ष्मी सनराइजका प्रमुख वित्तीय अधिकृत पियूषराज अर्यालले हस्ताक्षर गरेका हुन् । 

बैंकले तीन अर्ब रुपैयाँबराबरको प्रतिकित्ता एक हजारका दरमा ३० लाख ऋणपत्र सार्वजनिक निष्कासन गर्नेछ । 

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।