मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिआइटीको उपदान तथा पेन्सन योजनामा दुई लघुवित्त आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१२:oo

नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त वित्तीय संस्था आबद्ध भएका छन् । नेरुडेमा करिब एक हजार एक सयजना र उपकारमा एक सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

कोषको यस योजनामा यस्ता संगठित संस्था तथा त्यसका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्थाअनुसार योगदानमा वा गैरयोगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार दुवै लघुवित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेसनल लघुवित्त आबद्ध भइसकेको छ । 

कोषले ०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने गरिएको कोषले जनाएको छ । हाल यसमा एक हजार एक सय ५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी छन् ।

योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनेछन् । त्यसैगरी सहभागीले भइपरि आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्थासमेत रहेको छ ।