मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:o३:oo

सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले लाभांश घोषणा गरेका छन् । सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल योजना व्यवस्थापक एवं डिपोजिटरी रहेका दुई योजनाले गत आर्थिक वर्षका लागि इकाइधनीलाई वितरण गर्ने लाभांश (प्रतिफल) घोषणा गरेका हुन् ।

जसअन्तर्गत ‘सानिमा लार्ज क्याप फन्ड’ले करसहित २१.०५ प्रतिशत र ‘सानिमा ग्रोथ फन्ड’ले पनि करसहित १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । यसअनुसार सानिमा लार्ज क्याप फन्डले २५ करोड २६ लाख ३१ हजारबराबर र सानिमा ग्रोथ फन्डले १० करोड ६१ लाख ८९ हजार रुपैयाँबराबर नगद लाभांश इकाइधनीमा वितरण गर्नेछन् ।

लाभांश वितरणका लागि यी दुवै योजनाले ६ भदौमा बुक क्लोज (सेयर दाखिल खारेज) गर्नेछन् । बुकक्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनी प्रस्तावित लाभांशको हकदार बन्नेछन् ।