मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनआइएमबीका ग्राहकलाई सारंग हेल्थ केयरमा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२३:oo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयर प्रालिसँग सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत एनआइएमबी डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने बताइएको छ। 

छुट लिनका लागि ग्राहकहरूले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

सम्झौताअनुसार बैंकका ग्राहकले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म, कल्चर तथा विशिष्ट परीक्षणमा सात प्रतिशत छुट पाउनेछन्। त्यस्तै, इसिजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि सात प्रतिशत छुट पाउने बताइएको छ।