
सल्यानको कुमाख गाउँपालिकामा विद्यालय बस बाढीमा फसेको छ। कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा आएको बाढीमा विद्यालयको बस फसेको हो।
कुमाख गाउँपालिका–३ मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको बस रुकुम पश्चिम चौरजहारीबाट रागेचौरतर्फ फर्किँदै गर्दा बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
उनका अनुसार सबै विद्यार्थीलाई छोडेकाले बस खाली थियो। बुधबार दिउँसो ३ः४० बजेतिर बाढीमा फसेको बस निकाल्न इलाका प्रहरी कार्यालय रागाचौरबाट प्रहरी निरीक्षक धमेन्द्र खड्काको नेतृत्वमा ७ जनाको टोली खटिएको बस्नेतले बताए। स्थानीयको समेत सहयोगमा प्रहरी टोलीले जेसिबी प्रयोग गरेर बस निकाल्ने प्रयास गरिरहेको छ।