मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद

एनओसीले भन्यो– लेटरप्याड, छाप तथा ओलम्पिक रिङको दुरुपयोग भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले तदर्थ समितिद्वारा जारी विज्ञप्तिमा एनओसीको लेटरप्याड, छाप तथा ओलम्पिक रिङको दुरुपयोग गरिएको बताएको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले आपत्ति जनाएको हो। महासचिव राजीव श्रेष्ठले एनओसीको लेटरप्याड, छाप र ओलम्पिक रिङ प्रयोगको अधिकार नेपालमा अरू कसैलाई नरहेको बताएका छन्।

एनओसी नेतृत्वविहीन रहेको दाबीका साथ ‘नेतृत्व प्रदान गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सहभागिता निश्चित गर्ने तथा अवरुद्ध संघ तथा महासंघहरूका क्रियाकलाप पनि सुचारु गर्ने’ भन्दै पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नाै सदस्यीय तदर्थ समिति गठन गरिएको थियो।

प्रवक्ताको हैसियतमा समिम मियाँ अन्सारीले मंगलबार विज्ञप्ति जारी गरेका थिए। अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीलाई सरकारले भने लामो समयदेखि अवैधानिक भन्दै आएको थियो।