मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २८ बुधबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा सुर्खेत अध्यक्ष पुरीविरुद्ध अविश्वास प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १४:३३:oo

राप्रपा सुर्खेतका जिल्ला कार्यसमिति अध्यक्ष कविराम पुरीविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ। उपाध्यक्ष लक्ष्मीकुमारी सार्की (अन्जु बस्याल)को अध्यक्षतामा बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले दुईतिहाइ सदस्यको उपस्थितिमा प्रस्ताव पारित गर्दै कर्णाली प्रदेश कार्यसमितिमा पेस गर्ने निर्णय गरेको हो।

जिल्ला कार्यसमितिका बहुमत सदस्यहरूले अध्यक्ष पुरीले २०७८ सालदेखि हालसम्म बैठक नियमित रूपमा बसाल्न नसकेको, आफ्ना गतिविधि पार्टीभन्दा व्यक्तिगत रूपमा सञ्चालन गर्न खोजेको, संगठन विस्तारमा योगदान नदिएको जसका कारण सक्रिय सदस्य संख्या घट्दै गएको कारणले अविश्वास प्रस्ताव पेस गरिएको अविश्वासको प्रस्ताव पेस गर्ने सदस्यहरूको आरोप छ।

त्यसैगरी, राप्रपा सुर्खेतको पार्टी कार्यालयमा युवा संगठनले लगाएको तालाबन्दीबारे औपचारिक धारणा नदेखाएको र युवा संगठनका मागलाई सम्बोधन गर्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधिमा अध्यक्ष पुरी सक्रिय रहेको आरोप पनि लगाइएको छ।

दुईतिहाइ सदस्यको बहुमतबाट अविश्वास प्रस्ताव स्वीकृत भएसँगै अध्यक्ष पुरीलाई पदमुक्त गर्दै आगामी जिल्ला अधिवेशनसम्मका लागिसम्म उपाध्यक्ष लक्ष्मीकुमारी सार्कीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ। साथै, यो निर्णय राप्रपा कर्णाली प्रदेश र केन्द्रीय कार्यालयमा जानकारी गराउने पनि निर्णय भएको छ।