मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format २१:१५:oo
Read Time : < 1 मिनेट
समाचार

सहिदको योगदानलाई कांग्रेसले कहिल्यै बिर्सँदैन : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१५:oo

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको सम्मान गर्ने पार्टी कांग्रेस रहेको बताएका छन्। मंगलबार तनहुँको भिमादमा आयोजित सहिद कल्याण खनालको २३औँ स्मृति सभामा सभापति देउवाले कांग्रेसले सधैँ सहिदको सम्मान गर्ने बताएका हुन्।

सहिदको कारण आज कांग्रेस यो अवस्थासम्म आएको भन्दै सधैँ सहिदलाई सम्झनुपर्ने बताए। उनले सहिद परिवारलाई पार्टीले हेर्ने र मूल्यांकन गर्ने पनि बताए। २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि नै तनहुँबाट धेरैले ज्यान गुमाएको सम्झँदै उनीहरूको रगत खेर जान नदिन पार्टीले सहिद परिवारलाई मूल्याकन गर्ने बताए। देउवाले भने, ‘बलिदानी दिनेमा सहिद कल्याण खनाल पनि हुनुहुन्थ्यो । उहाँलाई सम्झिँदै हामी उहाँले देखाएको बाटोमा अघि बढ्नुपर्छ।’

कार्यक्रममा देउवाले द्वन्द्वकालमा मारिएकाहरूलाई सम्झिँदै सहिद परिवारलाई सम्मान गरेका थिए। यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहिद कल्याण खनाल पार्टीको एउटा मिलनसार सिपाही भएको बताउँदै उनको योगदानलाई पार्टीले सधैँ सम्झिरहने बताए।