Skip This
भारतमा आउटरिचले जित्यो १३ अवार्ड
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार १o:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतमा आउटरिचले जित्यो १३ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १o:४७:oo

आउटरिच नेपालले फ्लेम अवार्डस् साउथ इस्ट एसिया–०२५ मा १३ प्रतिष्ठित पुरस्कार जितेको छ । अगस्ट ८ मा नयाँदिल्लीमा भएको कार्यक्रममा आउटरिचले आफ्ना एक्टिभेसन तथा डिजिटल पार्टनर लेमन र डिजिट–लिइनसँग मिलेर उक्त पुरस्कार जितेको हो । 

आउटरिचले युनिलिभरका लागि सात, सामसङका लागि दुई, एनसेलका लागि दुई, माउन्टेन ड्युका लागि एक र शिखर इन्स्योरेन्सका लागि एक अवार्ड प्राप्त गरेको छ । ती पुरस्कारमध्ये तीन स्वर्ण, पाँच रजत र पाँच कांस्य अवार्ड हुन् ।

फ्लेम अवार्डस्को आयोजना रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले गरेको हो । व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ । अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्यान्डको सहभागिता थियो । 

आउटरिचका संस्थापक उजय शाक्यले क्लाइन्ट पार्टनरको सहकार्य र विश्वासले यी अवार्ड जित्न सफल भएको बताए । अवार्डका साथै शाक्यलाई रुरल मार्केटिङ एसोसिएसनको नेपाल च्याप्टरको नेतृत्व गर्ने जिम्मेवारी पनि दिइएको छ ।