Skip This
नुहाउने क्रममा बलानमा बेपत्ता बालक अझै भेटिएनन्, गोताखोर टोलीबाट खोजी गरिँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
२o८२ श्रावण २७ मंगलबार १o:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नुहाउने क्रममा बलानमा बेपत्ता बालक अझै भेटिएनन्, गोताखोर टोलीबाट खोजी गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १o:१o:oo

सिराहा र सप्तरीको सीमाको रूपमा रहेको बलान नदीमा नुहाउने क्रममा सोमबार बिहान करिब नाै बजेदेखि बेपत्ता भएका १४ वर्षीय बालक अझै भेटिएका छैनन् । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ परिहारपुरका शिवकुमार यादवका छोरा घनश्याम यादव गाउँनजिकैको बलान नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि सोमबार दिनभर खोजी गर्दासमेत फेला पर्न सकेनन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ हेडक्वार्टर सिराहा, इलाका प्रहरी कार्यालय लहान, प्रहरी चौकी भगवानपुरबाट खटिएका सुरक्षाकर्मीले दिनभर खोजी गर्दासमेत फेला नपरेपछि मंगलबार बिहानदेखि पुखः खोजी थालिएको लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २  छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली आउँदै छ । ‘हामीले बिहानदेखि पुनः खोजी गर्दै छौँ,’ उनले भने, ‘गोताखोर टोली आएर खोजी गर्दा डुबेका बालक भेटिन सक्छन् ।’ 

बलान नदीमा रहेको पुलको करिब तीन सय मिटरआसपास नै बालक डुबेको हुन सक्ने अनुमान गरिएको उनले बताए । पुलछेउमै करिब १५ फिट जति गहिरो खाल्डो रहेको र त्यहाँ बाढीको भुमरीसमेत रहेकाले त्यहीँ खोजी केन्द्रित गरिने उनले बताए । ‘खोलामा बाढीको पानी मुस्किलले दुई फिट पनि छैन,’ उनले भने ‘साधारण तरिकाले बाढीको भुमरीमा खोजी गर्न नसकिएकाले त्यही ठाउँमा गोताखोर टोलीबाट खोजी केन्द्रित गर्दै छौंँ।’ 

साउनको सोमबार बिहान फुपूकी छोरा सञ्जीवसँग साइकल चढेर बलान नदी गएका घनश्याम पुलमा साइकल ठड्याएर नुहाउन खोलामा पसेपछि बेपत्ता भएका थिए ।