मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
Invalid date format o९:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रातु नदीका तटबन्ध ठाउँठाउँमा क्षतिग्रस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

महोत्तरीको प्रमुख नदीमध्येको रातु नदीमा गत आइतबार आएको बाढीले विभिन्न ठाउँमा तटबन्धलाई क्षति पुर्‍याएको छ । बाढीले नदीको महोत्तरी गाउँपालिका– ५ स्थित चार स्थानमा क्षति पुर्‍याएको हो । बाढीले तटबन्धको चार स्थानमध्येमा १० दश  मिटरभन्दा बढी तटबन्ध टुटाएको छ । नदीको दुईतर्फ नै भएको उक्त क्षतिले वरिपरिका केही गाउँ जोखिममा परेको भन्दै जोखिमको अवस्था बुझ्न महोत्तरी गाउन्पालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेय, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, सुरक्षा निकाय प्रमुखहरू, प्राविधिक टोली तथा क्षतिग्रस्त तटबन्ध क्षेत्रका वडाध्यक्षसमेतले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

अनुगमनकै क्रममा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरबाट खटेको प्राविधिकको मूल्यांकको आधारमा तत्काल ती स्थानहरू मर्मत गर्न सोही कार्यालयबाट चार हजार सिमेन्टको खाली बोरा तथा दुई हजार जियो ब्याग उपलब्ध गराइने जनाएको छ । यता  कार्यालयबाट बोरा र जियो ब्याग इस्टिमेटको आधारमा उपलब्ध हुने भए पनि सोपछिको सम्पूर्ण खर्च तत्काल स्थानीय निकायले व्यहोर्ने गाउँपालिका अध्यक्ष पाण्डेयले बताए । उनले पहिले जनताको तटबन्ध कार्यालय भएको अवस्थामा कार्यालयबाट तटबन्ध मर्मतमा सहयोग हुने गरे पनि सो कार्यालय महोत्तरीबाट खारेज भएपछि तटबन्ध कसले मर्मत गरिदिने भन्ने दोधार भए पनि अन्ततः कहीँ कसैले केही नगरे स्थानीय सरकारले नै जिम्मा लिनुपर्ने अवस्था रहेकोमा हाललाई पालिकाबाट नै खर्च व्यहोरेर तटबन्ध ममर्त गरिने उनले बताए।

उनले आफ्नो जनता नै जोखिममा परेपछि स्थानीय सरकारले सो मर्मत गर्न जिम्मेवारी लिनुको विकल्प नरहेको बताउँदै क्षतिग्रस्त तटबन्ध मर्मतकोालागि तयारी भइरहेको बताए । उनले सम्भवतः आजैदेखि मर्मत सुरु गरिने समेत बताए । यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी रिसालले चुरे क्षेत्रमा नियमित वर्षा भए जोखिम बढ्न सक्ने भन्दै तत्काल तटबन्ध मर्मतका लागि पहल थालिएको बताए । उनले जिल्लाका अन्य स्थानमा भने हालसम्म तटबन्ध सन्तोषजनक रहेकोसमेत थपे ।

अध्यधिक पानीले तटबन्ध टुटाए पनि कृषकहरूले भने खेत रोप्न पानी पाएपछि सन्टुष्टि व्यक्त गरेका छन् । पछिल्लो केही दिन भएको वर्षा र नदीसमेतमा पानी आएपछि कृषकहरूले धान रोप्न भने पानी पाएका छन् । पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले जंघा नदीबाट आएको पानीले सामान्य सडकमा क्षति भए पनि आफ्नो चौँरी क्षेत्रहरूमा पर्याप्त पानी पुगेको बताए । उनले अझै केही क्षेत्रमा पानी अपुग रहेकोमा नहरहरूमार्फत पानी पुर्‍याउने प्रयास भइरहेको बताए ।