
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले भारतको उत्तराखण्ड उत्तरकाशी र पौडीगढवाल जिल्लामा ५ र ६ अगष्टमा गएको बाढी पहिरोमा बेपत्ता भएका नेपालीको सूची सार्वजनिक गरेको छ । जसअनुसार उत्तरकाशीमा २१ जना र पौडी गढवाल जिल्लामा पाँचजना हराइरहेको उल्लेख छ ।