Skip This
भारतमा आउटरिचले जित्यो १३ अवार्ड
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भारतमा आउटरिचले जित्यो १३ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

आउटरिच नेपालले आफ्ना एक्टिभेसन तथा डिजिटल पार्टनरहरू लेमन र डिजिटलिइनसँग मिलेर यसपटक पनि ‘फ्लेम अवाड्र्स साउथ इस्ट एसिया २०२५’मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ।

यो कार्यक्रम ८ अगस्टमा भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारकामा सम्पन्न भएको हो। आटरिचले युनिलिभरका लागि सात, सामसङका लागि दुई, एनसेलका लागि दुई, माउन्टेन ड्युका लागि एक र शिखर इन्स्योरेन्सका लागि एक अवार्ड प्राप्त गरेको हो। तीमध्ये तीन स्वर्ण, पाँच रजत र पाँच कांस्य अवार्ड हुन्।

फ्लेम अवाड्र्सको आयोजना रुरल मार्केटिङ एसोसियसन अफ इन्डिया (आरएमएआई)ले गरेको हो। व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलार्ई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ। यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डबाट सहभागिता थियो। योपटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको बताइएको छ।

पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एण्ड यङ (इवाई)द्वारा आधिकारिक रूपमा अडिट गरिएको थियो। निर्णायक मण्डलको सहअध्यक्षता बिस्लेइन्टरनेशनलका सिइओ एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा सिइओ डा. वेङ्कट्राम वसन्तवाडाले गरेका थिए। जसमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञहरू र भियतनाम, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, नेपाल, इन्डोनेसिया र सिङ्गापुरका १५ भन्दा बढी ख्यातिप्राप्त दक्षिण पूर्वएसियाली निर्णायकहरू सहभागी थिए।