Skip This
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ श्रावण २४ शनिबार १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १३:१८:oo

 लम्पीस्किन रोगको संक्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन्। प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार सात सय नाै वटा  पशु उपचारवाट निको भएको बताएको छ। 

लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ ।

अभियानअन्र्तगत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार पाँच सय १५ पशुलाई विज्ञकेन्द्रमार्फत  खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।