
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा कुलोमा बगेर गम्भीर घाइते भएकी दुई वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेत सोमबार साँझ साढे ५ बजेतिर घरअगाडि खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसी बगाउँदा गम्भीर घाइते भएकी थिइन् । बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर बाँके पठाइएको थियो।
उनको उपचारकै क्रममा राति करिब साढे ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए । शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ।