मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
डिल्लीबजार कारागारबाट निस्कदै प्रसाईः तस्बिरः सतिश पोखरेल /नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:३५:oo
Read Time : < 1 मिनेट
समाचार

दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:३५:oo

व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट छुटेका छन्। राति साढे १० बजे उनी जेलमुक्त भएका हुन्। 
उच्च अदालत, पाटनले दुई वटा छुट्टाछुट्टै मुद्दामा उनलाई धरौटीमा छाड्न सोमबार आदेश दिएको थियो । 

राजतन्त्रको पक्षमा गत १५ चैतमा भएको आन्दोलनलाई योृजनाबद्ध रुपमा हिंसात्मक बनाएको आरोपमा उनी २६ चैतमा पक्राउ परेका थिए। त्यही क्रममा उनीविरुद्ध बैंकबाट ऋण दुरुपयोग गरेको अभियोग पनि लगाइएको थियो। बैंकिङ कसुरमा २५ लाख र तिनकुने घटनाको मुद्दामा उनलाई उच्चले ३ लाख धरौटी माग गरेको थियो । सोमबार नै धरौटी बुझाएर उनी रिहा भएका हुन्। 

रिहा हुँदा समर्थकहरु उनलाई स्वागत गर्न कारागार अगाडि पुगेका थिए।