मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार

जरायोको सिङसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

मोरङ प्रहरीले दुर्लभ वन्यजन्तु जरायोको सिङसहित दुईजनालाई पक्राउ गरेको छ । पथरी शनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट प्रहरीले जरायोको सिङसहित सोही ठाउँका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय वियज राईलाई आइतबार साँझ घरमा लुकाएर राखेको तीन जोर (६ वटा) जरायोको सिङसहित पक्राउ गरेको हो । 

दुर्लभ वन्यजन्तुको चोरी तस्करी आरोपमा अनुसन्धानका लागि पक्राउ परेका गुरुङ राईलाई इलाका वन कार्यालय पथरीमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङको पथरी कानेपोखरी वनक्षेत्रमा धेरै पहिलेदेखि दुर्लभ वन्यजन्तु हरिण, जरायो, खरायो, बँदेल आदि चोरी सिकारी हुँदै आएको छ ।