मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
२o८२ श्रावण १९ सोमबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाै ग्राम खैरो हेरोइनसहित मकवानपुरबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १४:४८:oo

मकवानपुर प्रहरीले नाै ग्राम बढी लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आइतबार साँझ ६ः३० बजे रातोमाटे चेकपोस्टअगाडि सवारीसाधन रोकी जाँच गर्ने क्रममा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र ०६–००१ ज ०४१४ नम्बरको यात्रुवाहक गाडीमा सवार दुईजनालाई शंका लागी खानतलासी गर्दा नाै ग्राम दुई सय मिलिग्राम खैरो हेरोइन फेला परेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ का २२ वर्षीय समीर मोक्तान र धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ घर भई हेटौँडा उपमहानगरपालिका १० बस्ने २४ वर्षीय सिद्धार्थ आलेमगर रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।