
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न मंगलबार दिउँसो २ बजेभित्र दाबी पेस गर्न आग्रह गरेका छन्।
यसअघि लामाको राजीनामा साउन १९ गतेदेखि लागु हुने गरी स्वीकृत भएको हो। नयाँ मुख्यमन्त्रीका लागि कांग्रेस–एमालेको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गर्दै छन्।