मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १९:४९:oo
Read Time : > 2 मिनेट
अर्थ

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकीमा गुरुङ 

वैदेशिक लगानीमा ६ हजार चार सय व्यवसाय, ६ खर्बभन्दा बढी लगानी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४९:oo

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा पोखराका पर्यटन व्यवसायी अमरजंग गुरुङ (जितु) चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा १९ सदस्य कार्यसमिति गठन गरेको हो।

भेलाले वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ (उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जीवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल, सह–कोषाध्यक्षमा रुद्र रेग्मी र प्रवक्तामा टान गण्डकीका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी कृष्णप्रसाद आचार्यलाई चयन गरेको छ। 

समितिको सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्र कुँवर चयन भएका प्रवक्ता आर्चायले जानकारी दिए।

निर्वाचिन कार्यसमितिलाई महासंघका केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहको पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। शाहका अनुसार नेपालमा धेरैभन्दा धेरै वैदेशिक लगानी कसरी भित्र्याउन सकिन्छ भनेर महासंघले काम गरिरहेको र यसका लागि सरोकारवालहरूसँग मिलेर काम गरिरहेको बताएका थिए। 

केही भएन भन्ने नकारात्मक प्रचार मात्र बढी भयो : मुख्यमन्त्री पाण्डे
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा केही भएन भन्ने नकारात्मक कुराहरू मात्र बढी भएकोमा असन्तुष्टि जाहेर गरेका थिए ।

उनले जे जति हुनुपर्ने र गर्नुपर्ने हो, त्यो नभए पनि सुधारका लागि आफूहरूलाई निरन्तर लागिरहेको दाबी गरे । सामाजिक सञ्जालमा लेखिएको र सञ्चारमाध्यममा आएको समाचार छुट्याउन नसक्दासमेत समस्या भएको उनको भनाइ छ। विदेशमा बसेर नेपालमा केही गर्न सकिँदैन भन्ने नबनाइदिन उनले आग्रह गरे। 

अहिलेका युवामा केही गर्न सक्छु भन्ने आँट र आत्मविश्वास नभएको भन्दै पाण्डेले आफूमा केही गर्छु भन्ने आत्मविश्वास नजगाएसम्म कसैले केही गर्न नसक्ने बताए। चन्द्र ढकालको उदाहरण दिँदै मुख्यमन्त्री पाण्डेले गर्छु भन्नेहरूका लागि देशमा धेरै अवसरहरू रहेको र त्यसका लागि आत्मविश्वास र धैर्य आवश्यक रहेको बताए। आफूसँग जे ज्ञान सिप छ त्यसलाई अगाडि बढाउन उनको आग्रह थियो। विदेशमा सिकेको ज्ञान, सिपसँगै कमाएको पुँजी स्वदेशमा लगानी गर्न सहभागीहरूलाई पाण्डेको आग्रह थियो। गण्डकीमा कृषि र पर्यटनको लगानीका लागि धेरै अवसरहरू रहेको उनले जानकारी दिएका थिए।  

गण्डकी प्रदेश सरकारले घरेलु मदिरा, गाँजा खेतीलाई कानुनी मान्यता दिनका लागि आवश्यक ऐन कानुन प्रदेश सभाको चालु अधिवेशनबाट पारित गर्ने, ढिलोमा अर्को महिनादेखि राईड शेयरिङ समेत सञ्चालनमा ल्याउने भएकाले यसका लागि आवश्यक एप बनाउन सहभागीहरूलाई आग्रह गरेका थिए ।

लगनशील भएर काम गरे नेपालमा धेरै सम्भावना छ : अध्यक्ष ढकाल 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगनशील भएर काम गरे नेपालमा धेरै सम्भावना रहेको बताए । हाल नेपालमा केही भएन भन्ने नकारात्मक कुरा बढी हुने गरेकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै रियालीटिमा भने त्यस्तो नरहेको बताए । केही गर्छु भन्ने सोचका साथ व्यवसाय गर्छु भनेर अघि बढ्नेहरूका लागि नेपालमा धेरै अवसर रहेको भनाइ उनको थियो । 

व्यवसायिका वातावरण निर्माणका लागि केही समयअघि सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र सोही आयोगको सिफरिसमा विभिन्न ३० वटा ऐन, कानुन सरकारले संसोधन गरेको उनले बताए । कानुनसँगै बजेट र मौद्रिक नीतिमा समेत व्यवसायिक वातावरणका लागि सहज हुने गरि ल्याएको ढकालले बताए । विशेष गरि नेपालमा हाल जलविधुत, आईटी, कृर्षि, पर्यटन क्षेत्र लगानीका लागि उपयुक्त रहेको भनाइ उनको थियो । 

महासंघको अगुवाइमा १० अर्बको पुँजीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको जानकारी दिए । योजना र शीप भएका तर लगानीका लागि पुँजी नभएकाहरूलाई यसले आवश्यक रकम उपलब्ध गराएर सहयोग गर्ने ढकालले बताएका थिए । विदेशमा आर्जन गरेको शीपमध्ये कम्तीमा पनि १० देखि २० प्रतिशत आफ्नो मातृभूमिका लागि खर्चन उनले आग्रह गरेका थिए । 

वैदेशिक लगानीमा ६ हजार चार सय व्यवसाय, ६ खर्ब बढी लगानी
कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले हाल देशमा वैदेशिक लगानीको वातावरण बन्दै गइरहेको बताएका छन्। सरकारले विदेशबाट आउने लगानीका लागि कानुनी रूपमा भएका अप्ठयाराहरू सहजीकरण गर्दै गइरहेको उनले जानकारी दिए। सकारात्मक माहोल बनेको खण्डमा धेरैभन्दा धेरै वैदेशिक लगानी नेपाल भित्र्याउन सकिने उनले बताए।

नेपालमा वैदेशिक लगानीमा साना ठुला गरी ६ हजार चार सयवटा उद्योग व्यवसाय सञ्चालनमा रहेको जानकारी दिए। ती उद्योगहरूमा ६ खर्बको लगानी रहेको उनले बताए। पछिल्लो क्रममा भोटेकोशी क्षेत्रलाई आधार बनाएर भैँसी र राँगाको मासु उत्पादनका लागि ६ अर्ब वैदेशिक लगानी भित्रिएको उनले जानकारी दिएका थिए।