मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ श्रावण १५ बिहीबार २१:३८:oo
Read Time : < 1 मिनेट
समाचार

नुहाउन गएका कपिलवस्तुका दुई बालकको डुबेर मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार २१:३८:oo

कपिलवस्तुमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ। बिहीबार साँझ कपिलवस्तु नगरपालिका– १० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको  हाे । 

कपिलवस्तु प्रहरीका अनुसार मृत्यु हुनेमा वाणगंगा नगरपालिका– ५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी रहेको बताएको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार पिरा र नगवा गाउँको बिचमा रहेको उक्त खोलामा बिहीबार साँझ करिब साढे ६ बजेतिर उनीहरू नुहाउन गएका थिए । सोही क्रममा डुबेर उनीहरूको ज्यान गएको र घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवैजनाको शव निकालिएको  बताइएको छ । दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको प्रहरी निरीक्षक जिसीले बताएका छन् ।