मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४२:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। हाल ५२ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ३० सांसदले मत दिए। मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सदस्यको मत आवश्यक थियो।

कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्। प्रदेश सभामा प्रमुख प्रतिपक्षी माओवादीका १०, प्रतिपक्षी एकीकृत समाजवादीका तीन, राप्रपाका एक र एकजना स्वतन्त्र सांसदले विश्वासको मतको विपक्षमा मत दिए ।

नागरिक उन्मुक्तिका सातमध्ये ६ जना सांसद बैठकमा अनुपस्थित रहे। एकीकृत समाजवादीका एकजना सांसद निलम्बनमा छन्। नागरिक उन्मुक्ति पार्टीले गत २० असारमा सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्। तर, नागरिक उन्मुक्तिकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिए।

नागरिक उन्मुक्तिको रञ्जिता श्रेष्ठनिकट कैलाश चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्। रेशम चौधरीनिकट संसदीय दलका नेता घनश्याम चौधरीसहित सांसदहरू पार्टीको राष्ट्रिय भेलाका लागि काठमाडौंमा छन्। दलका नेता चौधरीका अनुसार संसदीय दलले विश्वासको मतको पक्ष-विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थिएन।