मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद

भारोत्तोलन संघको अध्यक्षमा कानन निर्विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३२:oo

नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। बिहीबार सम्पन्न साधारण सभाले काननलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।

यसअघि राखेपले गठन गरेको तदर्थ समितिमा कानन नै संयोजक थिए। उनलाई तीन महिनाभित्र विधानसम्मन निर्वाचन गर्न राखेपले जिम्मेवारी दिएको थियो। 

यस्तै, संघको उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र निर्विरोध भए। महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही चुनिएका छन्। 

ईश्वरबहादुर श्रेष्ठ, शिवनारायण चौधरी, कुन्तिलाल यादव, ठक्करबहादुर बम, अजय शाही, श्यामराज भक्त उदास, अन्जुकुमारी रानाभाट, तुलाराम थारू, कमलबहादुर भण्डारी र शत्रुघ्न यादव सदस्यमा चयन भएका हुन्।