मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १५ बिहीबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुलाल सहसचिवमा बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १९:oo:oo

संघीय संसद् सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन्।

संघीय संसद् सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार दुलाललाई बढुवा नियुक्तिको पत्र दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

दुलाल ३४ वर्षदेखि संघीय संसद् सचिवालयमा कार्यरत छन्। उनले हालसम्म सचिवालयका विभिन्न महत्त्वपूर्ण महाशाखामा रहेर काम गरेका छन्। दुलाल हाल राज्य व्यवस्था तथा सुशासन समितिको सचिवको जिम्मेवारीमा छन्।