मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १५ बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वरिष्ठ लोकगायिका आलेलाई सरू संगीत राष्ट्रिय पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १८:oo:oo

वरिष्ठ लोक गायिका कविता आलेलाई यो वर्षको प्रथम सरू संगीत राष्ट्रिय पुरस्कार दिइने भएको छ । संगीत प्रशिक्षण दिँदै आएको विद्यालय सरू संगीत घरले चौथो वार्षिक दिवसको अवसरमा आलेलाई पुरस्कार अर्पण गर्ने भएको हो । पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहेको छ । सरू संगीत घरको वार्षिकोत्सवका दिन १४ भदौमा पुरस्कार वितरण हुने भएको छ। 
स्व. सरस्वती निरौलाको स्मृतिमा उनका श्रीमान् संगीतकार कोमल निरौला, श्रीमती इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, श्रीमती सबिता नेपाल निरौला, संगीतकार भीषण निरौला श्रीमती सृजना अधिकारी, छोरी गायिका झुमा निरौला तथा श्रीमान् सबिन भट्टराईको संयुक्त प्रयासमा पुरस्कार स्थापना भएको हो। ‘पुरस्कार स्थापनार्थ रु. पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ।

पुरस्कारको राशि २५ हजार पाँच सय पाँच रुपैयाँ मात्र रहेको छ,’ सरू संगीत घरका प्रबन्ध निर्देशक एवं संगीतकार डेनी निरौलाद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । पुरस्कारका लागि संगीतकार कोमल निरौलाको संयोजकत्वमा सदस्यहरू वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, साहित्यकार डा. रत्नमणि नेपाल तथा सदस्यसचिव डेनी निरौला रहेको छनाेट समितिले आलेको नाम चयन गरेको छ । 

गायिका आले ५० वर्षदेखि अनवरत रूपमा लोकगायनको क्षेत्रमा सक्रिय छिन् । स्वदेश तथा विदेशमा रहेर नेपाली गीत-संगीतका क्षेत्रमा आलेको विशिष्ट योगदान रहेको छ । सरू संगीत घर पाँच वर्षदेखि संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आएकाे विद्यालय हो। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ मा रहेको  विद्यालयमा हाल ८५ जना विद्यार्थीहरूले गायन (क्लासिकल आधुनिक लोक) वाद्यवादन ( हारमोनियम, मादल, गिटार, किबोर्ड, तबला आदि) विधामा कक्षा लिइरहेका छन्।