मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १५ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विश्व बैंकबाट १६ अर्ब ७४ करोड सहुलियतपूर्ण ऋण लिने सरकारकाे निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १५:३३:oo

सरकारले विश्व बैंकको १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६.७ मिलियन अमेरिकी डलरबराबरको छोटो अवधिको ऋण र ३३.३ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण गरी १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको हो।