मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १५ बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ट्यांकरको ठक्करबाट कोटेश्वरमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १४:५९:oo

काठमाडौंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरस्थित सडकमा बा.प्र. ०१– ००४ ख ३२८७ नम्बरको ट्यांकरले बा.प्र. ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका– ३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्यांकरचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।