
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषिमा नजोडिँदा समस्या भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले रोजगारीका लागि युवाहरू बिदेसिनुपर्ने अवस्थाले यो समस्या भएको बताए।
उनले भने, ‘नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषिबाट अलग हुँदा एकप्रकारको समस्या उत्पन्न हुन थालेको छ। खासगरी पहाडी क्षेत्रमा जमिन बाँझै रहने र युवाहरू रोजगारीको खोजीका लागि बिदेसिनुपर्ने जुन प्रकारको अवस्था छ त्यो अवस्थालाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्छ।’
जनसंख्याको ठुलो हिस्सालाई रोजगारी प्रदान गर्न सक्ने क्षेत्र कृषि नै भएको प्रस्ट्याउँदै पोखरेलले भने, ‘हाम्रो समाजमा कृषि परम्परागत र निर्वाहमुखी रहेकाले नयाँ पुस्ता कृषि कर्मसँग जोडिन सकेको छैन।’