मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १५ बिहीबार o९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही– ३ काे उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न एमालेको परिपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार o९:३२:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ । 

पार्टी महासचिव शंकर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन् । उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।