मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड– २०८१ पोखरामा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड– २०८१ पोखरामा हुने भएको छ । पोखरा महानगरपालिका मुख्य प्रवर्द्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भदाै २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुने भएको हो । अवार्ड कार्यक्रमको प्रवर्द्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रममै उल्लेख गरेको नगरप्रमुख धनराज आचार्यले बताए। 
  
पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड– २०८१ पहिलोपटक काठमाडौंबाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उनले बताए। स्पोर्टस् अवार्डका माध्यमबाट पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। 

पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा पोखरा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको नगरप्रमुख आचार्यले बताए। पोखरालाई सबै हिसाबले पर्यटन गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रकारका कार्यक्रमहरूको नियमिततामा उनले जाेड दिए । 

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौंबाहिर पहिलोपटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताए । पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धन र राजधानीबाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उनले बताए । कार्यक्रममा खेलकुदका विभिन्न विधाहरूमा उत्कृष्टता हासिल गरेका खेलाडी, खेलकुदप्रेमी र खेल पत्रकारहरूलाई पुरस्कृत गरिनेछ ।